नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

शुक्रबार बसेको बार कार्यसमितिको बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वान गरिएको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

शुक्रबार बसेको बार पदाधिकारीको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि बुधबारसम्मको समयसीमा ‘अल्टिमेटम’ दिने निर्णय गरेको हो।

कात्तिक १८ गते (बिहीबार)देखि तिहारको बिदा सुरु हुने भएकाले बारले त्यस अगाडि नै प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने गरी ‘समयसीमा’ दिने निर्णय गरेको हो।

बारले देशभरका ९० वटा इकाइहरुलाई आन्दोलनमा ऐक्यवद्धता तजा सहभागिता जनाउन समेत परिपत्र गरेको छ। बारले आन्दोलनका थप कार्यक्रमका लागि भिडियो कन्फरेन्समार्फत् देशभरकै इकाइबाट राय सुझाव लिने पनि निर्णय गरेको छ।

प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने पनि बारका महासचिव पौडेलले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय