Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाल वाफ वुमन्स फुटबल प्रतियोगिताको उपविजेता

206
VIEWS

नेपाल वाफ वुमन्स फुटबल प्रतियोगिताको उपविजेतामै सिमित भएको छ । हिजो भएको फाइनल खेलमा जोर्डन सँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भयो। खेलमा नेपालले सविता रानामगरको गोलबाट खेलको २९ मिनेटमा अग्रता लिएको थियो। सविताले डिबक्स बाहिरबाट हानेको प्रहारले सिधै जाली चुमेको थियो।

दोस्रो हाफमा नेपालकी मुख्य प्लेमेकर प्रिति राई दोस्रो पटक घाइते हुँदा भने खेल्न सकिनन्।

प्रिति घाइते भएर मैदान बाहिर निस्किएको बेला नेपालविरूद्ध जोर्डनले गोल गरेको थियो। ७४ मिनेटमा बराबरी गोल फर्काएको जोर्डनले खेल सकिन एक मिनेट बाँकी छदा अग्रता लियो। इन्जुरी समयमा नेपालले पेनाल्टी पायो। जोर्डनका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरिन र खेललाई २-२ को बराबरीमा ल्याइन्।

त्यसपछि पेनाल्टी सुटआउटमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेका थिए। तर चौथो पेनाल्टी हानेकी अमृती जैशीको प्रहारलाई जोर्डनकी गोलकिपरले विफल पारिन्। जोर्डनले भने पाँचै पेनाल्टीमा गोल गर्न सफल भयो। यससँगै नेपाल पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित