फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले आउने ८ चैतमा बहराइन विरुद्ध घरेलु मैदान दशरथ रंगशालामा खेल्ने तालिका थियो । त्यसपछि १४ चैतमा बहराइनमा गएर खेल्ने तालिका छ ।
तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा रहेको दशरथ रंगशालको अवस्था ठिक नहुँदा नेपालले घरेलु मैदानमा बहराइनविरुद्ध खेल्न नपाउने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि दशरथ रंगशाला उपयुक्त नभएको पत्र अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पठापछि एन्फाले एक स्टेटमेन्ट जारी गर्दै प्रतियोगिता नेपालमा नहुने जनाएको हो ।
एएफसीले चैत्र ८ मा नेपालको दशरथ रंगशाला तथा १३ गते बहराइनमा खेल हुने तालिका सार्वजनिक गरेको थियो ।
अब खेल न्युट्रल भेन्युमा हुने एन्फाले जनाएको छ । एएफसीले एकजना आफ्नो प्रतिनिधीलाइ रंगशालाको निरीक्षण गर्न लगाएको थियो । एएफसीको तर्फबाट रंगशाला निरिक्षणको लागि आएका मिन्दु दोर्जेले सोमबार रंगशालाको निरीक्षण गरेका थिए ।
रंगशाला निरिक्षण गर्दा खुसी नदेखिएका दोर्जेले अन्तर्राष्ट्रिय फुटबलको लागि हालको अवस्थामा दशरथ रंगशाला उपयुक्त नभएको जानकारी सहितको प्रतिवेदन एएफसीलाई बुझाएको थियो ।
Discussion about this post