आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ ।

दुबईमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले ह्याट्रिक जित निकालेको हो ।

अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै विस्फोटक ब्याटिङ गरेका आसिफ अलीले ७ बलमा अविजित रहदै २५ रन बनाए । उनले एकै ओभरमा ४ छक्का प्रहार गरे ।

त्यस्तै फखर जमानले २० रन जोडे । सोयब मलिकले १९ रन बनाउँदा मोहमद हाफिजले १० रन बनाए ।

अफगानिस्तानका राशिद खानले दुई विकेट लिए । मुजिब उर् रहमान, नभिन उल हक र मोहमद नाबीले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७  रन बनाएको थियो ।

अफगानिस्तानका कप्तान मोहमद नाबीले अविजित ३५ रन जोड्दा गुल्बादिन नाइब ३५ रनमा अविजि रहे ।

नाजिबउल्लाह जाड्रनले २२ तथा करिम जनतले १५ रन बनाए । अस्घर अफगान र रहमानउल्लाह गुरुबाजले १०/१० रन बनाए ।

पाकिस्तानका इमाद वासिमले दुई विकेट लिए । शहिन साह अफ्रिदी, हरिस राउफ, हसन अली र शादब खानले १/१ विकेट लिए ।

यस जितसँगै समूह २ को पाकिस्तानले ३ खेलमा ६ अंक जोडेको छ ।

पाकिस्तान समूहको शीर्ष स्थानमा रहेको छ ।

अफगानिस्तान २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय