प्रदेश-१ मा विपक्षी गठबन्धनमा रहेका दलको स्पष्ट बहुमतका कारण नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन्।

‘मुख्यमन्त्री राजेन्द्र राई कमरेडको भोलि नै नियुक्ति र शपथ हुन सक्ने सम्भावना छ। त्यसो हुँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक/एक जनाले मात्रै मन्त्रीको शपथ लिनुहुन्छ होला’ राई  निकट एक सांसदले भने,‘चार पार्टीबाट एक/एक जनाले मन्त्रीको शपथ लिएपछि मन्त्रिपरिषद्लाई विस्तारै पूर्णता दिने तयारी छ।’

प्रस्तावित मुख्यमन्त्री राईलाई कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्।मुख्यमन्त्रीमा राईको दाबी गर्न यसअघि नै उनीहरूले सांसदको हस्ताक्षर संकलन गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय