भारतको उत्तराखण्डस्थित नैनितालमा सोमबार राति भएको जिप दुर्घटनामा ज्यान गुमाउने नेपाली बर्दिया जिल्लाका रहेको खुलेको छ। भारतीय प्रहरीका अनुसार मृतक ७ जना नेपाली नागरिक बर्दिया जिल्लाका हुन्।
मृत्यु हुनेमा बर्दियाका विश्राम चौधरी, अन्तराम चौधरी, गोपाल बस्नेत, उदय चौधरी, विनोद चौधरी, तिलक चौधरी र धिरज चौधरी छन्।
यस्तै, जिप चालक नैनीताल बेतालघाटका राजेन्द्र कुमार (राजु) को पनि दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनमा अन्य २ जना नेपाली घाइते भएका छन्। घाइतेद्वय शान्ति चौधरी र छोटुको हल्द्ववानीमा उपचार भइरहेको छ।
नेपाली श्रमिकहरू सवार यूके ०४ सीसी ०४९५ नम्बरको बोलेर जिप उचाकोट बेतालघाटमा दुर्घटनामा परेको थियो।
Discussion about this post