रुघा लागेको बेला नाक बन्द भयो भने जसलाई पनि सकस हुन्छ । सास लिन असहज हुने र सुत्दा झनै कष्टप्रद हुने भएकाले जोकोही यसबाट चाँडै मुक्ति चाहन्छन् ।

बन्द भएको नाक खुलाउनका लागि डाक्टरी दवाई भन्दा घरेलु विधि बढी प्रभावकारी हुन्छन् ।

वाफ लिने

चिसोले यदि नाक बन्द भयो भने पानीलाई उमालेर वाफ लिनुस् । यो प्रभावकारी तरिका हो । यसले तुरुन्तै आराम हुन्छ । पानीमा आयोडिनका केही थोपा वा भिक्सको क्याप्सुल पनि राख्न सकिन्छ । यसबाट झन् बढी फाइदा मिल्छ । तपाईं चाहनुहुन्छ भने यसमा आफूलाई मन पर्ने वास्नादार तेल पनि हाल्न सक्नुहुन्छ । वाफ लिँदा सफा कपडाले आफूलाई गम्लङ्ग छोप्नुपर्छ ।पानीलाई उमाल्ने र उमालेको पानीमा केही पुदिनाको पाँत पिसेर राख्ने र बाफ लिने । दैनिक रुपमा २-३ पटक सम्म यसो गर्नाले बन्द नाक खुल्दछ र आराम मिल्छ ।

मनतातो पानी नाकमा हाल्ने

पानीलाई मनतातो हुने गरी तताएर यसको केही थोपा नाकमा हाल्नाले चाँडै आराम मिल्छ । मनतातो पानीको केही थोपा ड्रपरमा लिनुस र टाउकोलाई पछाडि ढल्काएर दुई-तीन थोपा नाकमा हाल्नुस् । त्यसपछि टाउको सिधा गरेर पानीलाई बाहिर निकाल्नुस् ।

नरिवलको तेल

नरिवलको तेललाई औंलामा लगाएर नाकमा भित्रसम्म लगाउनुस् र लामो सास लिनुस् । केहीबेरमै तपाईंको नाक खुल्नेछ । ड्रपरको मद्दतले पनि तपाईं नरिवलको तेलको केही थोपा नाकमा हाल्न सक्नुहुन्छ ।

टमाटर सुप

तातो-तातो टमाटर सुप बनाएर पिउँदा पनि बन्द नाकलाई राहत मिल्छ । टमाटरको सुपमा लसुन, कागतीको रस र नुन मिलाउनुस् । यसका अलावा काँचो प्याज खानाले पनि बन्द नाक खुल्न सक्छ ।

नुनपानी– नुनमा पानी हालेर घोल बनाउने र त्यो घोलले नाक सफा गर्ने गर्नाले नाकमा भएको ब्याक्टेरिया र भाइरस नष्ट हुन्छ र नाक खुल्छ ।

मह– एक गिलास मनतातो पानीमा दुई चम्चा मह राखेर पिउने गर्नाले बन्द नाक खुलाउनुको साथै घाँटीको खसखस पनि हटाउँछ ।

तुलसीको पात– तुलसीको पात खाँदा पनि बन्द नाक खुलाउँन सकिन्छ ।

मनतातो पानी नाकमा हाल्ने– पानीलाई केही समय तताएर मनतातो भएपछि पानीको केही थोपा नाकमा हाल्ने ।

नाक सेक्ने-एउटा सफा रुमालमा मनतातो पानी हाल्ने र त्यसलाई बन्द नाकमा राखेर सेक्ने गर्नाले पनि नाक खुलाउनमा राहत मिल्छ ।

कागती चिया
कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने पनि नाक खुल्छ ।

सर्स्युँको तेल
एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुस् अनि त्यसका केही थोपा नाकमा हाल्नुस् । नाक खुल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय