Khabar Samachar

Search
Close this search box.

वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

207
VIEWS

नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि बिहीबार आफ्नो टोलीको घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

१६ सदस्यीय नेपाली टिममा आरिफ शेखले पुनरागमन गर्दा बाँकी १५ खेलाडी भारत भ्रमणमा गएका छन्।

त्रिवि मैदानमा हुने सिरिजका खेलहरु वैशाख १५, वैशाख १६, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्।

वेस्ट इन्डिजले पहिलो पटक नेपाल भ्रमण गर्न लागेको हो। भ्रमणलाई वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकपअघिको तयारीको रुपमा लिएको छ। किनभने सिरिजबाट राष्ट्रिय टिम पार्न सक्ने खेलाडीको पहिचान गर्न सकिने वेस्ट इन्डिजको भनाइ छ।

नेपालले पनि वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी-२० विश्वकप तयारीको रुपमा लिएको छ। ओमानमा भएको एसिसी प्रिमियर कप खेलेर हिजो फर्किएको नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि अमेरिका जानेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित