Khabar Samachar

Search
Close this search box.

टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को लागि छनोट

204
VIEWS

नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन् । दक्षिण एशियाली छनोटमा एकल पुरुषतर्फ पहिलो हुँदै स्यान्टु पेरिस ओलम्पिकमा छनोट हुन सफल भएका हुन् ।

स्यान्टुले बुधबार भएको फाइनल खेलमा नेपालकै संयोग कपालीलाई ४–३ ले पराजित गर्दै ओलम्पिकको यात्रा तय गरेका हुन् । पहिलो सेट ११–७ ले आफ्नो पक्षमा पारेका स्यान्टुले दोस्रो सेट ८–११ ले गुमाउँन पुगे ।

त्यसपछिका दुई सेट ११–७, ११–६ को जित निकालेका स्यान्टुले पाँचौं र छैटौं सेट ८–११, ८–११ ले गुमाउन पुगे । सातौं तथा अन्तिम सेट ११–९ ले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरे ।योसँगै उनी छनोट पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि दीपक विष्ट र संगिना बैघले छनोट पार गरेर ओलम्पिक खेलेको थिए । टेबल टेनिसतर्फ भने उनी पहिलो नेपाली खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित