Khabar Samachar

Search
Close this search box.

सिधा कुरा डटकममा प्रसारण भएको डार्क फाइलको अडिओ झुटो – प्रहरीको अनुसन्धान

204
VIEWS

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सिधा कुराबाट प्रसारण भएको सर्वोच्च अदालतको फैसलासम्बन्धी अडियो रेकर्डलाई ‘झुटो र बनिबनाउ’ भन्ने निष्कर्ष निकालेको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले साइबर ब्युरोका प्रमुखसमेत रहेका डिआइजी नविन्द अर्याल नेतृत्वको ६ सदस्यीय छानबिन समिति बनाएको थियो। उक्त समितिले अडिओ झुटो भएको निष्कर्ष निकालेको हो।

अदालतका न्यायाधीश, केही वरिष्ठ वकिल र मिडिया सञ्चालकहरूलाई मुद्दा मिलाएको आरोप लगाउँदै उक्त अडिओसहितको समाचार सिधाकुरा डट कमले प्रकाशन गरेको थियो।

समितिलाई छानबिन गर्न १५ दिनको समय दिइएको थियो। त्योभन्दा अतिरिक्त समय लिएर समितिले छानबिन गरेको थियो। समितिले प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन बुझाएर सर्वोच्च अदालतमा पनि बुझाइसकेको छ।

यसरी गरिएको छानबिन प्रतिवेदनअनुसार सिधा कुरा डट कमलाई अडिओ दिने राजकुमार तिमिल्सिनाले गत वैशाख ५ गते बिहानतिर उक्त अडिओ आफै रेकर्डिङ गरेको सर्वोच्च स्रोतले बताएको छ। ‘वैशाख ५ गते बिहान तिमिल्सिनाले रेकर्डिङ गरेर साँझपख इमेल गरेको प्रतिवेदनमा उल्लेख छ,’ स्रोतले भन्यो।

प्रहरीले छानबिनको क्रममा प्राविधिक रूपमा अनुसन्धान तथा घटनामा संलग्न भनिएकाहरूको कागज गराएको थियो। अडिओ टेष्ट गर्दा पनि तिमल्सिनाको बाहेक अन्य आरोप लगाइएका कसैसँग पनि मेल नखाएको प्रतिवेदनमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित