नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बंगलादेशमा तयारी गर्ने भएको छ । त्यसका लागि टोली बिहीबार बिहान बंगलादेश प्रस्थान गरेको छ । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत एसिया छनोटका लागि नेपालले बंगलादेशमा चार मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली टोलीले बंगालादेशमा रहेको बीकेएसपी एकेडेमीसँग मैत्रीपूर्ण खेल खेल्ने क्यानले जनाएको छ । यूएईमा हुने आईसीसी वुमन्स टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीस्वरूप नेपालले एक साताको तयारी गर्ने भएको हो ।

बंगलादेशमा नेपालले नोभेम्बर ४ देखि १४ सम्म तयारी गर्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–ट्वान्टी विश्वकपका लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् ।

नेपालले हङकङविरुद्ध खेल्दै अर्काे महिना प्रतियोगिताको सुरुवात गर्नेछ । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ राष्ट्र सहभागी छन् । नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय