भारतीय क्रिकेटका ब्याटिङ लिजेन्ड ड्राभिड भारतीय क्रिकेट टोलीका नयाँ प्रशिक्षक बनेका छन् । टिमका मुख्य प्रशिक्षक रवी शास्त्रीको टी–ट्वान्टी विश्वकप क्रिकेट पछि टिमसँगको सम्झौता सकिँदैछ । त्यसपछि द्रविडले भारतीय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका हुन् । ४८ वर्षीय द्रविडले न्युजिल्यान्डविरुद्धको सिरिजपछि टिम सम्हाल्नेछन् ।

“भारतीय टोलीको मुख्य प्रशिक्षक पाउन खुसीको कुरा हो । यो दुई वर्षपछि भारतीय टोलीले बिभिन्न प्रकारका खेलहरु खेल्नेछ । त्यसको लागि खेलाडी र टिमका सदस्यहरुसँग मिलेर काम गर्न उत्साहित छु,” द्रविडले भने ।

इन्डियन क्रिकेट बोर्ड (बीसीसीआई)ले अफागानिस्तानविरुद्धको खेलको समयमा उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको बताएका हुन् ।

द्रविडले २५ टेस्ट क्रिकेटमा कप्तानको भूमिका निभाएका थिए । भारतीय यू–१९ टोलीका पूर्व प्रशिक्षक द्रभिडले भारतका लागि ३४४ खेलमा १० हजार ८ सय ८९ रन बनाएका छन् ।

द्रविडले सन् २०११ मा एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए । उनले सन् २०१२ मा सबै प्रकारका क्रिकेटबाट सन्यास लिएका थिए । द्रविडकै प्रशिक्षकत्वमा भारतीय यू–१९ टोलीले यू–१९ विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय