सत्तारुढ नेकपा माओवादी केन्द्रले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता संसदबाट पास नगर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए । एमसीसीबारे उठेका प्रश्नहरुलाई समेटेर अर्थ मन्त्रालयले भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र पठाएको थियो । त्यसको जवाफ आएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्को पत्र पठाएका थिए ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई अघि बढाउन आफू र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्र लेखेको अभिव्यक्ति दिएका थिए । एमसीसीमा रहेका केही विषय आपत्तिजनक रहेको र राष्ट्रिय सहमति नभई अघि नबढ्ने माओवादी प्रवक्ता कृष्ण बहादुर महराले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय