राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आज प्रदेश नम्बर १, कर्णाली, सुदूरपश्चिम प्रदेशका प्रमुखहरूलाई सपथ खुवाएकी हुन्।बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश-१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
प्रदेश प्रमुखको सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालगायत उपस्थित थिए ।

सरकारको सिफारिसमा मंगलबार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख नियुक्त भएका थिए । नयाँ प्रदेश प्रमुखहरूमध्ये खापुङ जसपा, परियार नेकपा माओवादी र जोशी नेपाली कांग्रेसनिकट हुन् । जोशी संविधानसभा सदस्यसमेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय