किर्ते कागजातहरु बनाएर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले राज्यस्थित चेन्नई घर भएको ४४ वर्षीय शिवम विरुमुथु चेटियार पक्राउ परेका हुन् ।प्रहरीका अनुसार चेटियारले मणिपाल अस्पताल खरिद गर्ने भारतीय सेयरहोल्डरहरुसँग सम्झौता गर्र्न लागेको भन्दै किर्ते कागजात देखाएर विभिन्न्न व्यक्तिलाई ठगी गरेका । प्रलोभनमा पारेका व्यक्तिहरुको जमिनको लालपूर्जा उनले कब्जा गरेका थिए ।

चेटियारले नेपालका विभिन्न बैंकमा आफ्नो ठूलो परिमाणमा संस्थापक शेयर रहेको भन्दै झुट्टा कागजात तथा बिवरण समेत बनाएका थिए । त्यसका आधारमा पनि धेरैलाई ठगेको महाशाखाले जनाएको छ ।उनले आफूलाई रेडक्रस सोसाइटी आइसीआरसीको डाईरेक्टर हुँ भन्दै नक्कली परिचय पत्र देखाएर समेत ठगेको पाइएको छ । बिभिन्न व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्र साथमा राखि त्यसबाट बैंक खाता संचालन गरेको पनि अनुसन्धानबाट खुल्न आएको छ । उनले उक्त खातामा ठगीबाट कमाएको पैसा जम्मा गर्ने गरेको सूचना महानगरीय अपराध महाशाखामा पुगेको थियो ।महाशाखाबाट खटिएको विशेष टोलीले चेटियारलाई बालुवाटारबाट मंगलबार पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले विभिन्न व्यक्तिबाट पटक–पटक गरी ५० लाख रुपैयाँ ठगी गरेको खुलेको छ । उनीमाथि आवश्यक कार्वाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाडौं पठाइएको छ ।

यसअघि पनि चेतियार २०७२ जेठ २२ गते पक्राउ परी वैदेशिक रोजगारी सम्बन्धी कसुरमा डिल्लीबजार कारागारमा २ बर्ष कैद भुक्तान गरी ३ लाख ५० हजार धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय