नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह त्यागेका छन् । आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले महाधिवेशन तयारीमा केन्द्रीय हुने भन्दै पौडेलले बोलाएको बैठक बहिस्कार गर्ने भएका छन् ।वरिष्ठ नेता पौडेलले आज संस्थापनइतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा २ बजे हुने बैठकमा आफू नआउने सन्देश सिंहले पौडेललाई पठाइसकेका छन् ।
‘प्रतिकुल अवस्थामा प्रकाशमानको साथ चाहिने तर प्रकाशमानलाई कहिल्यै सहयोग गर्न नपर्ने ? सभापतिमा प्रकाशमानलाई स्वीकार नगर्ने हो भने बैठकको अर्थ छैन’ सिंहनिकट एक नेताले नेपाल प्रेससँग भने । ती नेताका अनुसार संस्थापन इतर समूहबाट सहयोग नभएपनि सभापतिमा चुनाव लड्ने मनिस्थितिमा सिंह पुगिसकेका छन् ।

पछिल्ला केही सार्वजनिक कार्यक्रमहरुमा सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल दुवैले पार्टी हाँक्न नसक्ने बताउँदै आएका छन् । ‘अब महाधिवेशमा प्रकाशमान दाईको आफ्नै टिम बन्छ’, सिंहनिकट नेताको भनाइ छ ।

पछिल्लो समय पौडेल र सिंहका बीच दूरी बढ्दै गएको अवस्था छ । १३ औं महाधिवेशनमा पौडेल सभापति लड्दा सिंह प्रस्तावक रहेका थिए । १३ औं महाधिवेशनमा आफूले सभापतिमा सघाए पनि पौडेलले अहिले सहयोग नगरेको सिंहको गुनासो छ । यसअघि पौडेल पक्षको बैठकमा नियमित सहभागी हुने सिंहले यही कारण आजको बैठक बहिस्कार गर्न लागेका हुन् ।
“संसदीय दलको नेतामा शेरबहादुर देउवालाई निर्वाचित गराउन हिजो भोट हाल्ने कोइराला र रिजालहरु नै हैनन्,” बाह्रखरीसँग स्रोतले भन्यो, “सर्वसम्मत संसदीय दलको नेता चयन भए शशांकलाई छाड्नु पर्ने, शेरबहादुरसँग चुनाव लड्न पनि नसक्ने अनि समूहको नेतृत्त्व गर्दै प्रकाशमान सिंहले संसदीय दलको चुनाव लड्दा पनि भोट नहाल्ने अनि अहिले पौडेल समूहबाट कोटा लिएर मन्त्री चाहिँ आफू लिने ।” विवादको जड यतिमा मात्र सीमित छैन । काठमाडौंको स्थानीय तहमा भएका पार्टी अधिवेशनमा नेता भिमशेनदास प्रधानसँग मिलेर पौडेल र कोइरालाले आफ्ना प्यानल हराउन भूमिका खेलेको भन्दै नेता सिंह पौडेलसँग ‘फायर’ भएका छन् ।

केन्द्रीय सभापति उठ्ने तयारीमा रहेका सिंहलाई काठमाडौंको जिल्ला अधिवेशनमा घेरावन्दी गरेर कमजोर बनाउन पौडेलले भूमिका खेलेको चाक्सिबारीको बुझाइ छ ।

“तनहुँ र नवलपरासीमा भएको वडा अधिवेशनमा प्रकाशमान सिंह कहाँ हस्तक्षेप गर्न गयो, काठमाडौंमा चाहिँ हाम्रो विरुद्ध सारा मान्छे उचाल्ने काम किन गर्नु ? अनि रामचन्द्रलाई किन नेता मान्नुपर्ने हामीले ? किन सधैँ बोक्नुपर्याे र ?,” ती नेताले भने ।
चाक्सिबारीले नेता पौडेललाई शेरबहादुरको मामुली कार्यकर्ता बन्न गएको आरोप समेत लगाउन थालेको छ । सरकार सञ्चालनमा सहजीकरण गर्न बनेको गठबन्धन समन्वय समितिमा पौडेलले भाग खोजेर शेरबहादुरको कार्यकर्ता बनेको चाक्सिबारीले निष्कर्ष निकालेको पनि ती नेताले बताए । टिममा छलफल नगरी कसैलाई नसोधी पौडेल समितिमा बसेको भन्दै सिंह पौडेलसँग तुष साधेर बसेका छन् ।

“अब महाधिवेशनमा भेट हुन्छ, तिनिहरुको फोन उठाउने भेट्ने अब प्रकाशमान सिंहबाट हुँदैन,” ती नेताले भने, “रामचन्द्र शेरबहादुरको कार्यकर्ता भइसके, कुरा गर्नुपरे सिधै शेरबहादुरसँग कुरा गरौंला ।”

ती नेताका अनुसार मनलाग्दी डाकिएको पौडेल समूहको बैठकमा प्रकाशमान सिंह जानुको औचित्य छैन । “प्रकाशमान रामचन्द्र र शशांकको कार्यकर्ता बन्नुपर्ने हैसियतको मान्छे पनि हैन र जरुरी पनि छैन, उनीहरु शेरबहादुरसँग जे पनि गर्न हुने, भेटेसम्म भाग खाने अनि हामीलाई सधैँ वेवास्ता गर्ने, हामीले सधैँ पौडेललाई किन बोक्नुपर्यो ।”सरकार बनेको ८८ दिनपश्चात् प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गरे । सरकार विस्तार गर्दा संस्थापन इतर समूहको रुपमा उभिएको पौडेल समूहलाई मन्त्रालयको भागवण्डा लाग्यो ।

भागवण्डा अनुसार महामन्त्री शशांक कोइराला निकट डा. मिनेन्द्र रिजाल मन्त्री बने । यस्तै पौडेल निकट दिलेन्द्र बडु पनि मन्त्री बने । तर, प्रकाशमान सिंहको भागमा एक जना पनि मन्त्री परेन ।

सिंहले काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधि सभामा चुनाव जितेका राजन केसीलाई मन्त्री बनाउन कम्मर कसेका थिए । तर, पौडेल र कोइराला मिलेर केसीलाई मन्त्री बन्न नदिएको प्रकाशमान सिंहको बुझाइ छ । विवाद यहीँबाट सुरु भएको हो ।

चाक्सीबारी स्रोतका अनुसार १० वटा निर्वाचन क्षेत्र तथा संघीय राजधानी भएको काठमाडौंबाट आफूनिकटले मन्त्री नपाएपछि प्रकाशमान नेता रामचन्द्र पौडेलसँग विच्किएका हुन् ।

सिंहले महामन्त्री शशांक कोइराला, मन्त्री तथा सांसद मिनेन्द्र रिजाललगायत नेताहरुलाई पौडेल समूहको नेता नभएको भन्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय