नेकपा (एमाले)ले १० औं महाधिवेशनको आक्रामक प्रचार गर्ने भएको छ । तर ती सबै प्रचार कागजविहीन अर्थात् डिजिटल हुने छन् ।शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिएको जानकारीअनुसार भित्ते लेखन र कागजका पोष्टरहरु प्रयोग हुने छैन ।शुक्रबार च्यासलमा आयोजित महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रममा प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस पटकको महाधिवेशनमा पोष्टर टाँस्ने र भित्तेलेखन नगरिने बताए।७ सय ५३ पालिकाहरुमा महाधिवेशन केन्द्रित छलफल, गोष्ठी, अन्तरक्रिया, सेमिनारलगायतका कार्यक्रम आयोजनामा हुनेछन् ।

एमालेको बुद्धिजिवी परिषद्ले काठमाडौं, चितवन र प्रदेशका राजधानी केन्द्रित ठूला अन्तरक्रिया कार्यक्रम पनि गर्ने छ।

त्यस्तै मंसिर ७ गते सबै जिल्ला र प्रमुख नगरहरुमा मोटर साइकल र्याली आयोजना हुने छ।

सबै राजमार्ग र अन्य साहायक मार्गहरुमा स्वागत द्वार राखिने भएको छ । वडा कमिटी देखि सबै कमिटी र जनवर्गीय संगठले आआफ्ना ठाउँमा स्वागत द्वार बनाउने छन् । त्यो ७ , ८ र ९ गते भित्र बनाइसक्नुपर्ने छ।मंसिर ७ गते मोटरसाइकल र्‍याली हुने प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

महाधिवेशन केन्द्रित धेरै प्रचार डिजिटल हुने उनको भनाइ छ । सोसल मिडिया, डिजिटल मिडिया, डिजिटल डिस्प्ले र ठूला होर्डिङ बोर्डमार्फत् गरिने भट्टराईले जानकारी दिए।मुख्य शहरहरुमा डिजिटल डिस्प्लेहरुमा महाधिपेशनको प्रचार प्रचार गरिनेछ भने हाइवे तथा सहायक सडकहरुमा पनि स्वागतद्धारहरु बनाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय