निमोनिया श्वासप्रश्वास सम्बन्धि संक्रमण हो र यसले फोक्सोमा असर गर्छ। निमोनिया भएको अवस्थामा फोक्सोभित्र भएका स-साना हावाका थैलीहरुमा तरल पदार्थ भरि श्वास फेर्न कठिनाई भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जान्छ। ५ वर्ष मुनिका बच्चाहरुको मृत्युको प्रमुख कारण निमोनिया हो।निमोनिया के कारणले हुन्छ? निमोनिया एक प्रकारको छातिको संक्रमण हो, जसले फोक्सोको बाँया वा दायाँ भाग वा कहिलेकाँही सम्पूर्ण फोक्सोलाई नै असर गर्न सक्छ । निमोनिया भाइरस, ब्याक्टेरिया र फंगसबाट हुने गर्दछ, जसले फोक्सोमा रहेको एलभियोली अर्थात् हावा भरिने थैलीहरु सुन्निने र संक्रमणका कारण पानी र पिप जम्मा हुने गर्दछ । जसका कारण फोक्सोलाई रगतबाट अक्सिजन प्राप्त गर्न कठिनाई हुन्छ। जसले गर्दा श्वासप्रश्वासमा बाधा पुग्दछ।यसका बिरामीहरुमा रुघा खोकी लाग्ने, सास फेर्न अफ्ठ्यारो हुने, ज्वरो आउने लगायतका अन्य लक्षणहरु देखापर्छन्। यस्ता रोग भएकाले खान पान तथा आफ्नो स्वास्थको राम्रो ख्याल राख्नु पर्ने हुन्छ। निमोनियालाई हेलचेक्राइँ गर्दा स्वास्थ सम्बन्धि गम्भीर खतरा उत्पन्न हुनसक्छ। यस्तो अवस्थामा चिल्लो, पिरो, मसलादार, चिसो, प्याकेट तथा बाहिरका खाना खानु हुँदैन।

निमोनिया भएको बेला आफ्नो आहार सामान्य राख्ने कोशीस गर्नुपर्छ। किनभने यस्तो बेला शरीरलाई सन्तुलित आहारको आवश्यकता पर्ने गर्छ।निमोनिया भएको बेला के खाने ?

निमोनिया भएका व्यक्तिले दैनिक ६ देखि ८ गिलास पानि पिउनु पर्दछ। दैनिक हरियो सागशब्जी तथा फलफुल सेवन गर्नु निमोनियाका बिमारीहरुलाई अत्याधिक लाभ हुने गर्दछ। निमोनिया बिरामीले दही, दुध तथा डेरीका उत्पादनहरू सेवन गर्दा फाइदा पुग्छ। निमोनिया भएका बेला सागशब्जीको जुसहरू पनि निकै फाइदाजनक हुनेगर्दछ। जस्तै गाँजरको जुस, पालुंगोको जुस, चुकन्दरको रस, काँक्राको जुस जस्ता अन्य सागशब्जीको जुसहरू स्वास्थ्यको लागि लाभदायक हुन्छ।

निमोनिया भएका बेला मेथीको चिया, महको सेवन, अदुवा, भिटामिन सी, बि युक्त खाना, प्रोटिन युक्त खाना, बेसार दुध वा पानि सेवन गर्दा निकै फाइदा हुने र निमोनिया छिट्टै निको हुने पनि गर्दछ।

के नखाने ?

निमोनिया भएका व्यक्तिले चिल्लो, पिरो, मसलादार, चिसो, प्याकेट तथा बाहिरका खाना खानु हुँदैन। विशेषगरी, प्रशोधित खानेकुराहरुबाट टाढा रहनुपर्दछ। दुध र दुग्धजन्य पदार्थको उपभोग कम गर्नुहोस्, किनभने यी सबै चीजहरूले शरीरमा कफ तथा म्यूकस बढाउने काम गर्दछ।

आफुलाई एलर्जी भएको खानेकुरा बाट टाढा रहनुहोस्। निमोनियाबाट पीडित व्यक्तिले बढी मिठाइ वा गुलियो चिज खानु हुँदैन। कृत्रिम रंग, स्वाद वा क्याफिन मिलाएका खाना आफ्नो आहारमा समावेश गरे निमोनियाका बिरामीहरुमा गम्भीर असर हुने गर्दछ।

निमोनिया कुनै पनि मौसममा हुन सक्छ। तर, जाडो मौसममा निमोनिया हुने सम्भावना बढ्ने गर्छ। बालबालिकाहरुलाई त्यति नै कपडा लगाइदिनु पर्छ, जसले उनीहरुलाई तातो प्रदान गरोस। चिसोबाट जोगाउने भन्दै बालबालिकालाई बाक्लो लुगा लगाउँदा पसिना गढेर पनि निमोनिया हुने सम्भावना बढी हुने गर्दछ।

त्यसैगरी, यदि एन्टीबायोटिक औषधि सेवन गरिएको छ भने त्यसलाई निरन्तरता दिनु आवश्यक हुन्छ। निमोनिया भएका बिरामीलाई सफा ठाउँमा राख्नु पर्दछ त्यसैले घरवरी परि तथा बिरामी बस्ने कोठाको निरन्तर सरसफाई गर्न आवश्यक हुन्छ। खोप लगाएर पनि निमोनियालाई धेरै हदसम्म रोक्न सकिन्छ।

निमोनिया भएका बिरामीले अधिक प्रदूषण भएका ठाउँहरूमा सकेसम्म जानु हुँदैन, त्यसैगरी यस्तो अवस्थामा मदिरा तथा धुमपान गर्नु अत्याधिक हानिकारक हुन्छ। न्यानो कपडा प्रयोग गरि आफ्नो शरीरको तापक्रमलाई तातो बनाइ राख्नु पर्छ र यस्तो अवस्थामा चिसो चिज खानु हुँदैन।

– निमोनिया विभिन्न खालका संक्रामक तत्वहरु जस्तै व्याक्टेरिया, भाइरस तथा फन्गाइबाट हुने गर्दछ।

निमोनिया कसरी सर्दछ?
मुख्यतया बच्चाहरुको नाक र घाँटीमा रहेका संक्रामक जिवाणु वा किटाणुहरु श्वासको माध्यमबाट फोक्सोसम्म पुगि निमोनिया गराउन सक्दछन्। संक्रमित व्यक्तिहरुले हाछ्यूँ गर्दा वा खोक्दा थुक र सिंगानको छिट्टाबाट सर्न सक्दछ।कस्तो बच्चाहरुलाई निमोनिया हुने जोखिम बढी हुन्छ?
विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूर्ण स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै कम तौल भएका बालबालिकाहरुमा निमोनिया हुने सम्भावना बढी हुन्छ। खाना पकाउँदा निस्कने घरभित्रको धुँवा र धूम्रपान गर्दा निस्कको धूवाँले साथै एउटै कोठामा धेरै मान्छेको भिडभाडले यो रोग लाग्ने सम्भावना बढाउँछ।

निमोनियाको चिन्ह तथा लक्षणहरु के के हुन्?
ज्वरो आउने
शरीरमा काँढा उम्रने र कम्पन आउने
छिटो छिटो सास फेर्ने
श्वास फेर्न कठिन हुने
श्वास लिँदा र छोड्दा अस्वभाविक आवाज आउने
कोखा हान्ने
झोल कुरा पिउन नसक्ने वा आमाको दूध राम्री चुस्न नसक्ने
धेरै सूति रहने वा ब्युँझाउन गाह्रो हुने
नाकबाट सिँगान बग्ने
खोकी लाग्नेनिमोनिया भएका बच्चाहरुमा अन्य स्वास्थ्य समस्याहरु जस्तै झाडापखला, दादुरा, औलो, कुपोषण समेत देखा पर्न सक्छ। यदि बच्चामा माथिको चिन्ह वा लक्षणहरु देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ।

निमोनियाको उपचार तथा रोकथाम कसरी गर्ने?
बच्चाहरुलाई समयमा सबै खोपहरुको मात्र पूरा लगाउने
बच्चालाई पटक पटक खाना वा झोल कुराहरु खान दिने
बच्चालाई बिरामी पर्दा पनि पटक पटक स्तनपान गराइरहने र पूर्ण स्तनपान गराउने
बच्चालाई न्यानो पारेर राख्ने तर नगुम्स्याउने
बच्चालाई धुँवा (घरभित्र धुँवा, भिडभाड तथा धूम्रपानका धुँवा), धुलोबाट बचाउने, बच्चाको वरिपरी धूम्रपान नगर्ने र अरुलाई पनि गर्न नदिने।
बच्चाको नाक बेला बेलामा सफा गरिदिने।

निमोनियाका केही घरेलु उपचार
निमोनिया एक प्रकारको छातिको संक्रमण हो, जसले फोक्सोको बाँया वा दायाँ भाग वा कहिलेकाँही सम्पूर्ण फोक्सोलाई नै असर गर्न सक्छ । निमोनिया भाइरस, ब्याक्टेरिया र फंगसबाट हुने गर्दछ, जसले फोक्सोमा रहेको एलभियोली अर्थात् हावा भरिने थैलीहरु सुन्निने र संक्रमणका कारण पानी र पिप जम्मा हुने गर्दछ । जसका कारण फोक्सोलाई रगतबाट अक्सिजन प्राप्त गर्न कठिनाई हुन्छ। जसले गर्दा श्वासप्रश्वासमा बाधा पुग्दछ। यसका बिरामीहरुमा रुघा खोकी लाग्ने, सास फेर्न अफ्ठ्यारो हुने, ज्वरो आउने लगायतका अन्य लक्षणहरु देखापर्छन्। यस्ता रोग भएकाले खान पान तथा आफ्नो स्वास्थको राम्रो ख्याल राख्नु पर्ने हुन्छ। निमोनियालाई हेलचेक्राइँ गर्दा स्वास्थ सम्बन्धि गम्भीर खतरा उत्पन्न हुनसक्छ। निमोनियाका लागि आयुर्वेदिक उपचारहरूले पनि खानपिनमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ।

यस्तो अवस्थामा चिल्लो, पिरो, मसलादार, चिसो, प्याकेट तथा बाहिरका खाना खानु हुँदैन। यदि घरेलु वा आयुर्वेदिक उपचार गर्दा खानामा सावधानी अपनाएन भने, त्यसको कुनै फाइदा हुँदैन।

के हुन् निमोनियाका केही आयुर्वेदिक तथा घरेलु उपचार ?

१. निमोनियाका लागि दुध बेसार : बेसारले स्वास प्रस्वासमा भएको समस्यालाई निर्मुल गर्दै छातिमा जमेको कफलाई निकाल्न पनि सहयोग गर्दछ। त्यसैले छाति तथा अन्य संक्रमणबाट बच्न दिनमा दुई पटकसम्म यसको सेवन गर्दा फलदायी हुने गर्दछ। त्यसैगरी, एक गिलास मनतातो पानीमा एक चौथाइ मरिचको धुलो मिलाएर दिनमा एक पटक सेवन गर्दा निमोनियालाई फाइदा पुर्याउदछ।

२. निमोनियाका लागि तुलसीको प्रयोग : तुलसीको पातबाट रस निकाल्नुहोस् र निकालिएको रसमा थोरै मरिच मिलाउनुहोस्। यसलाई प्रत्येक छ घण्टामा पिउनुहोस्। यसले निमोनियाबाट राहत प्रदान गर्न मद्दत गर्दछ।

३. पुदिनाको प्रयोग : पुदिनाले पोल्ने र कफ तथा बल्गम निकाल सहयोग पुर्याउदछ। ताजा पुदिना पातहरूबाट चिया बनाउनुहोस्। यसले निमोनियाको लागि औषधीको रूपमा काम गर्दछ।

४. गाँजरको प्रयोग : निमोनियाका लागि एक असरदार औषधि हो, गाँजरको जुस। आयुर्वेदकाअनुसार गाँजर वा गाँजरको जुस दुवै निमोनियाका लागि प्रभावकारी हुन्छ। यसको अधिकतम लाभ लिनका लागि आयुर्वेदिक चिकित्सकसँग पनि परामर्श लिन सकिन्छ।

५. मेथीको प्रयोग : एक कप पानीमा मेथीका दाना, कुटेको अदुवा, एक पोटी लसुन र थोरै मरिच मिलाएर यसलाई पाँच मिनेटसम्म उमाल्नुहोस्। र अन्त्यमा यसमा एक चम्चा मह मिलाउनुहोस्। यस मिश्रणलाई दिनको ३ देखि ४ पटकसम्म सेवन गर्न मिल्छ।

६. तिलको प्रयोग : एक कप पानीमा एक चम्चा तिलको दाना उमाल्नुहोस् । यसलाई छानेर एक चम्चा मह र थोरै नुन मिलाउनुहोस् । यस मिश्रण दैनिक सेवन गर्नुहोस्।

७. ल्वाङको प्रयोग : ल्वाङलाइ थोरै भुटेर यसलाई पिस्नुहोस् । १ वा आधा ग्राम ल्वाङको यस धुलोलाई महसँग मिलाएर दिनमा ४ देखि ५ पटक चाट्नुहोस् । यसले निमोनियाका बिरामीका चमात्कारिक फाइदा पुर्याउदछ।

८. हिङको प्रयोग : दुई चिम्टी हिङ र एक दुईवटा किसमिससँग केहि दिन निमोनियाको बिरामीलाई खुवाउँदा यसले प्रभावकारी असर देखाउँदछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय