अस्वस्थ भएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। आज दिउँसो रक्तचाप बढेपछि उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

रुघा खोकीसहितको समस्या देखिएपछि प्रचण्ड शुक्रबार पार्टी केन्द्रीय कमिटीको ‘भर्चुअल’ बैठकमासमेत सहभागी भएका थिएनन्। प्रचण्डको सचिवालयका अनुसार उनको रक्तचाप बढेपछि अस्पताल लगिएको थियो । ‘धपेडीले गर्दा रक्तचाप बढेको पाइयो । डाक्टरहरूले केही समय अस्पतालमा नै आराम गर्न सुझाव दिनुभएको छ,’ सचिवालयका एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय