भारती देवको अध्यक्षमा नेपाल फिजियोथेरापी संघ प्रदेश १ को कार्य समितिकाे सर्वसम्मत चयन भएको छ।

सुनसरीको इटहरीस्थित करुणा फाउन्डेसनमा कार्यरत देवसहित ११ सदस्यीय कार्यसमिति शनिबार विराटनगरमा सर्वसम्मत भएको हो। प्रत्येक दुईवर्षमा कार्यसमिति चयन हुने प्रावधान रहेको बताएकी अध्यक्ष देवले पछिल्लो समय फिजियोथेरापी बिरामी उपचारका लागि भरपर्दो सेवा सावित हुँदै गएको जानकारी दिइन्।

केही वर्षअघिसम्म फिजियोथेरापीलाई उपचारलाई फरक दृष्टिबाट हेर्न गरिएको भए पनि हाल सर्वसाधारणमा यसबारे जनचेतना बढेको नवनिर्वाचित देवको भनाइ छ।

त्यसैगरी, उपाध्यक्ष चयन भएका विराटनगरका फिजियोथेरापिस्ट अनुरागराज अधिकारीले प्रदेशभर विभिन्न संघसंस्थामा आबद्ध भएर फिजियोथेरापिस्टले सर्वसाधारणलाई स्वास्थ्य सेवा दिँदै आएको बताए।

फिजियोलाई मुख्यगरी खेलकुदमा जोडिएर हेर्ने गरिएको बताउँदै उपाध्यक्ष अधिकारीले फिजियोथेरापी सबै प्रकारको बिरामीको उपचारका लागि सकारात्मक हुँदै आएको बताए। उनका अनुसार आईसीयूमा उपचाररत कोभिड १९ का बिरामी, श्वासप्रश्वासमा देखिएको समस्यादेखि हाडजोर्नी, नशा, बच्चाको उपचारमा समेत फिजियो सेवा हुँदै आएको छ।

नयाँ कार्यसमितिमा सचिवमा पायल अग्रवाल, कोषाध्यक्षमा प्रमोद मेहता, सदस्यमा विनोद भट्टराई, नरेन्द्र जोशी, सुरेन्द्र राजवंशी, अभिषेक साह, जितेन्द्र यादव र सिर्जना श्रेष्ठ छन्।

प्रदेश १ हाल ६० जना फिजियोथेरापिस्टले सेवा प्रवाह गरिरहेको संघले जनाएको छ। विगतमा फिजियो अध्ययनका लागि काठमाडौंदेखि विदेश जानुपर्ने बाध्यता हाल हटेको संघले जनाएको छ।

गत आर्थिक वर्षदेखि विराटनगरमा अवस्थित विराट शिक्षण अस्पताल र नोबेल शिक्षण अस्पतालले फिजियोथेरापी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट अनुमति पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय