पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेको वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताएको छ । यो न्यायालयको हित नरहेको भन्दै फोरमले जबराले तत्काल राजीनामा दिने बताएको छ ।प्रधानन्यायाधीश राणाले आज प्रेस विज्ञप्तिमार्फत वार्ताको आह्वान गरेपछि फोरमका तर्फबाट विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरिएको हो । फोरमका अध्यक्ष टोपबहादुर सिंहले जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशबाट न्यायालयलाई जोगाउन आह्वान गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीशहरुको कावु बाहिरको परिस्थितिका कारण न्यायका याचकहरुमा पर्न गएको असुविधाका लागि न्यायिक सुधारको अभियानप्रति धैर्य धारण गर्न अनुरोध गर्दछौं । जिम्मेवार निकाय र पदाधिकारीहरुले यस अभियानको गम्भिरता हृदयांगम गरी शिघ्रातिशिघ्र वर्तमान प्रधानन्यायाधीशवाट न्यायपालिका जोगाउन हामी पुनः आह्वान गर्दछौं ।’न्यायाधीशको न्यायिक स्वतन्त्रताको प्रत्याभूति हुन नसकेको अवस्थामा मुद्दाको सुनुवाइ आफैंमा स्वच्छ हुन नसक्ने फोरमको ठहर छ । अदालत परिसरमा स्वस्थ न्यायिक वातावरण कायम गर्न नसकेको र मुद्दाको पेशी तोक्ने नैतिक आधार नै गुमाइ संकेको विवादित प्रधानन्यायाधीशले तोकेको पेसी सूचीको आधारमा न्यायाधीशहरूले मुद्दाको सुनुवाइ गर्न नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय