सर्वोच्च अदालत प्रवेशमा सञ्चारकर्मीलाई रोक लगाइएको छ। कानुन व्यवसायीको धर्नाको रिपोर्टिङ गर्न गएका रिपोर्टरलाई सर्वोच्च अदालतभित्र छिर्न रोक लगाइएको हो।

सर्वोच्च अदालतले आफैंले जारी गरेको प्रेस पास देखाउँदा समेत सर्वोच्चभित्र पत्रकारलाई छिर्न दिइएको छैन।सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै भइरहेको विरोध कार्यक्रमको सोमबार समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई प्रहरी प्रशासनबाट अवरोध र दुर्व्यवहार भएको भन्दै बिरोध भइरहँदा आज पत्रकारलाई अदालत प्रवेशमा रोक लगाइएको हो। मंगलबार बिहान साढे १० देखि १२ बजेसम्म सुरक्षा निकायले रोक लगाएको हो।
कात्तिक ७ गतेयता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै न्यायाधीशहरु, बार एसोसिएसनसहित कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन्।

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले मूल गेटमा धर्ना दिँदै आइरहेका छन्।सर्वोच्चमा पत्रकारलाई रोक्न नियत नभएको तर सुरक्षा अवस्थाले रोकिएको सर्वोच्च प्रशासनका सहप्रवक्ता देवेन्द्र ढकालले बताए।’पत्रकारलाई रोक्ने नीति छैन तर सुरक्षा अवस्था हेर्दै रोकिएको हो। पत्रकारलाई सर्वोच्चले रोकेको होइन।’सुरक्षा स्रोतले भने सर्वोच्च प्रशासनले नै कर्मचारीबाहेक अरूलाई १२ बजेसम्म प्रवेश रोक लगाउन भनिएको बताएको छ।यसअघि बार एसोसिएसनको र सर्वोच्चको गेटबाट भित्र जान दिइएको थियो। तर आज भने प्रवेशमा रोक लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय