नेपालमा रहेका चिनियाँ कामदारहरुले स्वदेश फर्किने व्यवस्था मिलाइदिन माग गर्दै प्रदर्शन गरेका छन्।आफ्नो देश फर्कन नपाएका चिनियाँ नागरिकले हात्तीसारस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । इजिप्टको हाइड्रो कम्पनीका लागि काम गर्दै आएका चिनियाँहरू लामो समयदेखि काम नहुँदा पनि नेपालमै रोकिएका छन् ।

उनीहरूले चीन फर्किने वातावरण मिलाइदिन आग्रह गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लेकार्ड बोकेका थिए ।कोरोना भाइरसको महामारीका कारण आफूहरु काम गर्दै आएको साइटमा नियमित काम नभएको तथा घर जानका लागि हवाई टिकट नपाएको गुनासो उनीहरुको छ ।

उडान सीमित हुँदा आफूहरुले टिकट नपाएको तथा हप्तौँसम्म पर्खिनु परेको चिनियाँ कामदारहरुको भनाई छ । उनीहरुले दूतावाससँग आफूहरुलाई घर फर्किने व्यवस्था मिलाइदिन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय