नेत्रप्रसाद पाठकको अध्यक्षतामा घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश निर्विरोध चयन भएको छ । बुधबार बुटवलमा भएको महासंघको प्रदेश अधिवेशनबाट नेत्रप्रसाद पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षता र महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीको विशिष्ठ आतिथ्यतामा भएको अधिवेशनले सबै पदमा निर्विरोध नेतृत्व चयन गरेको हो । जस अनुसार महासघको वरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद अधिकारी (रुपन्देही), उपाध्यक्षमा उमानाथ पोख्रेल ( नवलपरासी), महासचिवमा जयश्वर पौडेल (बांके) , कोषाध्यक्षमा लक्ष्मण बेल्वासे (कपिलवस्तु) रहेका छन् । महासघका प्रदेश कार्यसमितिको सदस्यहरुमा धनिश्वर गौतम (गुल्मी), डिल्लीराम बस्याल (पाल्पा), जित बहादुर महरा .(रोल्पा), दोणराज सुवेदी (कपिलवस्तु,), संजिव गहतराज (कपिलवस्तु), विनिता पोख्रेल (नवलपरासी )धनसिंह वली (बाँकें),सतिश कुमार अधिकारी (बांके ) रहेका छन् ।त्यस्तै महिला उद्यमी समितिको अध्यक्षमा शान्ती शर्मा, बरिष्ठ उपाध्यक्षमा शर्मिला खत्री भण्डारी, उपाध्यक्षमा सावित्रा टण्डन, महासचिवमा पार्वती अधिकारी, कोषाध्यक्षमा मेनकला सिंह रहेका छन् । सदस्यहरुमा शान्ति पौडेल, अनिषा केसी, सुनीता राणा, हिरा घले, मुना पाण्डे रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय