नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज जितेको छ ।

बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज जितेको हो । सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो ।बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो। यसअघि पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो। बुधबार नेपालले दिएको १३० रनको लक्ष्य पछ्याएको कतार ३ बल खेल्न बाँकी छदा ६८ रनमा अलआउट भयो।कतारका लागि आयशाले २४ रन र केरी पनसेटले १५ रनको योगदान गरे।

बलिङमा नेपालकी सरस्वती चौधरीले ४ विकेट लिइन्। उनले ४ ओभरमा १ मेडन राख्दा ८ रन दिइन्। यस्तै कप्तान रुबिना क्षेत्रीले २ विकेट लिइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १२९ रन जोड्यो।

नेपालका लागि रुबिना क्षेत्रीले अर्धशतक प्रहार गरिन्। उनले ४८ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५० रन जोडिन्। रुबिनाको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो । यस्तै ओपनिङ गरेकी कविता कुँवरले ३१ रन बनाइन् ।

अप्सरी बेगमले नटआउट २३ रन जोडिन् भने कविता कुवँरले ३१ रनको योगदान दिइन्।

नेपालले टी-२० महिला विश्वकप एसिया छनोटअघि कतारसँग तीन खेलको सिरिज खेलेको हो।

विश्वकप छनोट आगामी सोमबारदेखि यूएईमा सुरु हुँदैछ। छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय