कोरोना भाइरसको पहिलो लहर आएसँगै नेपालि कलाकारहरुले हरेक दिनजसो आपतबिपतमा परेकालाइ सहयोग गर्दै आएका छन । दोश्रो लहर आएसँगै दैनिक रुपमा सयभन्दा बढी ब्यक्तिले ज्यान गुमाईरहेका छन् । यस्तो विषम परिस्थितिमा विभिन्न क्षेत्रका ब्यक्तिहरुले सहयोगी हात अगाडि बढाएका छन् । यसमा नेपाली कलाकारहरु पनि सक्रिय देखिएका छन् । कतिपय प्रतक्ष रुपमा आफै मैदानमा खटिएका छन कतिपयहरुले अप्रतक्षरुपमा आफुले सक्ने अनुसारको सहयोग गरेका छन । कोरोनाका कारण बेरोजगार भएका परेका चलचित्र प्राविधिकहरुका लागि पनि कलाकारहरुले सहयोग गरिरहेका छन् । अग्रपन्तिमा खटिरहेका पल साह ले अन्य कलाकार हरुको सहयोगमा र हाम्रो टिम नेपालसँगको सहकार्यमा सिलिण्डरको जोहो गर्दै विभिन्न जिल्लाका अस्पतालमा अक्सिजनसहितको सिलिण्डर औसधि सामाग्रि र निःशुल्क खाना समेत खुवाईरहेका छन् । साथै नगद सहयोग पनि गरेका छन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण गरिरहेको अवस्थामा नामपनि धुर्मुस् सुन्तलि लगाएत् उनको समुह पनि हाल सहयोग मा जुटेको छ । चितवनका अस्पतालहरुमा अक्सिजनसहितको सिलिण्डर औसधि सामाग्रि सहयोग,निःशुल्क खाना खुवाउने,अप्ठयारोमा परेकाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा, रगतको व्यवस्था, हेल्प डेस्क स्थापना गरी सहयोग गर्दै आइरहेका छन्। कलाकार राजाराम पौडेल र नाजिर् हुसैन् लेे संक्रमित नागरिकलाई अक्सिजन जोहोका लागि महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई एक एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसकेका छन्। तेस्तै गरि हाल अमेरिकामा रहेका गायक रामकृष्ण ढकालले संक्रमित बिरामीहरुलाई अक्सिजन उपलब्धताकै लागि आमेरिका बाट सहयोग् १८ लाख सहयोग जुटाएर राष्ट्रिय आविष्कार केन्द्रलाई पठाएका छन । नायक पुष्प खड्काले गृहजिल्ला कैलाली लगायत सुदूरपश्चिमबासीका लागि पचास अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । उनले मैनादेवी फाउन्डेसनका केपी खनालको नेतृत्वमा महामारीमा समस्यामा परेकाहरुलाई सहयोग वितरण भइरहेको देखेपछि सोही संस्थामार्फत ५० सिलिन्डर अक्सिजन बराबरको रकम सहयोग गरेको बताएका छन् । नायिका मनिषा कोइरालाले बीरगञ्जको नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड, मास्क प्रदान गरेकी छिन् । केदारप्रसाद घिमिरे सहित् नायक निखिल उप्रेती, क्याप्टेन तथा कलाकार विजय लामा, अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व आईजीपी सर्वेन्द्र खनाल, सुवास घिमिरे, कर्णबहादुर शाही, अधिवक्ता सन्जयराज अधिकारी, रामहरि शर्मा, देवेन्द्र प्रधानको टिमले पनि अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा दिईरहेका छन् । नायक दीलिप रायमाझी र रमित ढुंगानाले केही दिनअघि मोरङमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय घरधुरीलाई खाद्यान्न वितरण र काठमाडौं जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ लाई एक लाख रुपैयाँ नगद सहयोग गरेका हुन् । अञ्जु पन्त फाउण्डेशनको तर्फबाट लामो समयदेखि निःशुल्क भोजन सेवा ,अभिनेता प्रमोद अग्रहरीले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० वटा अक्सिजन सिलिण्डर सहयोग,निशान बजगाइँले आफ्नो गाउँमा १० बेडको अक्सिजन सहितको आईसोलेसन वार्ड तयार,नायक अनुपविक्रम शाहीले पनि एक अनाथ आश्रमका लागि तीन महिनासम्म पुग्ने एक लाख रुपैयाँ बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग,हाल चीनमा रहेका सचिनले अक्सिजन कन्सेन्टरेटर, पीपीइ, मास्क लगायत सामग्री चीनबाट किनेर नेपाल पठाएका हुन् । एक कलाकार र सचेत नागरिकको हैसियतले स्वास्थ्य सामाग्री चीनबाट नेपाल पठाउन पाउँदा साह्रै खुसी महशुस गरेको सचिनले सामाजिक सञ्जालमार्फत जनाएका थिए ।

स्रोत समाजिक सन्जाल र अन लाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय