प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक सुरु भएको छ । केहीबेर अघिदेखि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक सुरु भएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो ।अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ । प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्टमा असन्तुष्ट १८ जना न्यायाधीश पनि सहभागी रहेको बताइएको छ । प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय