नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान प्रधानमन्त्रीको हैसियतमा शेरबहादुर देउवाले पहल गर्नुपर्ने बताए ।बिहीबार धनगढीमा प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा पत्रकारको जिज्ञासामा संक्षिप्त जवाफ दिँदै यसबारे साझा धारणा बनाएर सर्वोच्चमा देखापरेका समस्या राम्रो वातावरणमा छिटो समाधान हुनुपर्ने उनले बताएका हुन्।गठबन्धनमा पनि यसबारे छलफल भएको भन्दै नेता नेपालले भने, ‘यसबारे सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको छ र प्रधानमन्त्रीले यसको निम्ति आफ्नो हैसियतबाट पनि पहल गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय