नेपाली कांग्रेसको नेतृत्व दावी गरिरहेका महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशनमान सिंहबीच शनिबार भेटवार्ता भएको छ । नेता सिंहलाई भेट्न महामन्त्री कोइराला उनकै निवास चाक्सीबारी पुगेका थिए ।भेटमा महामन्त्री कोइरालाले केही दिनअघि सर्लाहीमा गरेको टिप्पणीप्रति सिंहसँग माफी मागेका कोइराला निकटका एक नेताले बताए ।गत सोमबार सर्लाहीमा भएको कार्यकर्ता भेटघाटमा शशांकले नेता सिंहलाई काठमाडौंबाहिर धेरैले नचिन्ने टिप्पणी गरेका थिए । नेता सिंहले काठमाडौंबाहिर चिन्दैन भन्नेलाई महाधिवेशनमा देखाउने जवाफ फर्काएका थिए ।

स्रोतका अनुसार छलफलको सुरुवातमै महामन्त्री कोइरालाले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका थिए । ‘मैले अनौपचारिक कार्यक्रममा भनेको हुँ, तपाईं कमजोर हुनुहुन्छ भन्न खोजेको होइन’ महामन्त्री कोइरालाको भनाइ उधृत गर्दै उनी निकट एक नेताले भने ।दुई नेताबीच पार्टीको १४ औं महाधिवेशनमा मिलेर जाने विषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय