सुर्खेतबाट काठमाडौं आइरहेको बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका-३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न सकेको छैन ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस पल्टिएको चालकको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।उनीहरूलाई उपचार गर्न राति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको छ।

केही घाइतेको लमहीमै उपचार भइरहेको छ। थप चार घाइतेलाई भने उपचार गर्न कोहलपुर मेडिकल कलेज नै पठाइएको छ।

बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको हो। गए राति पौने २ बजेति बस दुर्घटनामा परेको थियो।

बसमा ३९ जना यात्रु सवार थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय