निजी क्षेत्रको अग्रणी बुद्ध एयरलाइन्सले ८ नयाँ जहाज थप्ने भएको छ।दुर्गमलाई सुगम र सहज बनाउन सन् २०२३ को सुरुवातदेखि अत्याधुनिक जहाज थप्ने तयारी गरिएको कम्पनीले जानकारी दिएको छ।

नयाँ जहाजको खरिद तयारीका लागि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत ट्वीनअटर विमान निर्मातासँग छलफल गरेका छन्।

‘प्रबन्ध निर्देशक बस्नेत ट्वीनअटर विमान निर्माता कम्पनी भाइकिङ एयर लिमिटेडका सेल्स एन्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव मोराचसँग दुबई एयर शोमा भेटवार्ता भएको छ,’ बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने। सुरुमा पूर्वमा रामेछाप मन्थली, पश्चिमतर्फ पोखरा र सुदुरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर चार वटा नयाँ एयरक्राफ्टबाट उडान भर्ने योजना बनाइएको एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।

हाल बुद्ध एयरसँग १५ वटा जहाज रहेका छन्। बुद्धसँग सबैभन्दा बढी १० एटीआर ७२ जहाज रहेका छन्। एटीआर ७२ सन् २०१० देखि नेपालमा बुद्धले उडान शुरु गरेको हो।

बुद्ध एयरसँग ३ वटा एटीआर ४२ जहाज छन्। एटीआर ४२ मा ४७ जनासम्म बोक्न सक्छन्। त्यस्तै बुद्ध एयरले बिचक्राफ्ट १९०० डी जहाज उडान गर्दै आएको छ। २ वटा ब्रिचक्राफ्ट रहेको जहाजमा १९ सिटे रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय