रामदेवका टीभी च्यानल दर्ताबिना संचालन गरिएको बारे पतञ्जली योगपीठ नेपालले मुख खोलेको छ ।

योगपीठका आईटी इन्चार्ज सन्दीप वाल्मीकिले विज्ञप्ति निकालेर संचालक समितिको बैठकले टिभी संचालन सम्बन्धी निर्णय गरी गत असोज ८ गते गते कम्पनी रजिष्टारको कार्यालयबाट प्रमाणिकरण लिइएको बताएका छन् ।

सरकारको नीति, नियम कानूनको अधिनमा रही नियमानुसार अनुमति प्राप्त भएपश्चात् मात्र टिभी संचालन हुने योगपीठले जनाएको छ । आफूहरू विशुद्ध सेवामूलक सामाजिक संस्था भएको दाबी गर्दै पतञ्जलीले हतारमा केही मिडियाले स्ष्ट नबुझी भ्रामक सूचना प्रसार गरेको जिकिर गरेको छ ।

शुक्रबार प्रधानमन्त्री देउवाले प्रचण्ड, माधव नेपाललगायतको उपस्थितिमा ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ टिभी च्यानलको उद्घाटन गरेका थिए ।

यसैबीच सूचना तथा प्रसारण विभागले एकजना निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरी स्थलगत अध्ययन थालेको जानकारि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय