शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबले आइतबार नेपाल एपीएफ क्लबलाई ३-२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलको ईन्जुरी टाईममा गोल गर्दै ब्रिगेडले ३ अंक जोडेको हो।

ब्रिगेडकइ जितमा दिनेश राईले दुई तथा सुरज गुरुङलेएकगोल गरे । एपीएफका आशिष लामा र बिके तामाङले गोल फर्काए ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलको ११औं मिनेटमै दिनेश राईले गोल गर्दै ब्रिगेड लाई अग्रता दिलाएका थिए । उनले करीब ३५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गरेका हुन् ।

तर त्यो अग्रता लामो समय टिकेन ।१७ औं मिनेटमा आशिष लामाले एपीएफका लागि बराबरी गोल फर्काए ।गोलकिपर राजु याेगिले रिलिज गरेको बलमा आवास लामिछानेले दिएको पासमा आशिषले गोल गरेका हुन् ।

४४ औं मिनेटमा ब्रिगेडका रोसन राना मगरको प्रहार पोष्टमा लागेर फर्किएको थियो । दोस्रो सुरुमा एपीएफले अग्रता लिने अवसर गुमायो। ४९औं मिनेटमा एपीएफमा आशिष लामाले सिक्स यार्ड बाहिरबाट हानेको भलि प्रहार बारमा लागेर फर्किएको थियो।

५३औ मिनेटमा आशिषकै प्रहार पोष्ट नजिकबाट बाहिरियो। ५५औं मिनेटमा दिनेश राईको प्रहार पोष्ट बाहिर गयो।

६५औं मिनेटमा दिनेश राईले ड्याड्डी जुनियरको पासमा व्यक्तिगत दोस्रोगोल गर्दै ब्रिगेडलाई २-१ को अग्रता दिलाए । तर एपीएफले फेरि बराबरी गोल फर्कायो । ७७ औं मिनेटमा वैकल्पिक खेलाडी रवि थिङको पासमा बिके तामाङले बराबरीगोल फर्काए ।

ईन्जुरी टाईममा वैकल्पिक खेलाडी सुरज गुरुङले भुवन बस्नेतको पासमा गोल गर्दै ब्रिगेडलाई जित दिलाए ।
जितपछि ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठले खेल प्रतिस्पर्धात्मक भएको र ३ अंकले राहत पुगेको बताए । ‘आज हाम्रो पहिलो खेल थियो । कडा प्रतिस्पर्धा भयो । पहिलो खेलमा जित महत्वपूर्ण थियो । रिजल्ट हाम्रो पक्षमा आयो र ३ अंक पायौं । राहत महसुस भएको छ ।’

आजै भएको अर्को खेलमा मनाङले जावलाखेल युथ क्लबमाथि १-० गोलको जित हात पारेको हो।मनाङको जितमा डिफेन्डर दिनेश राजवंशीले गरेको गोल निर्णायक साबित बन्यो। दिनेशले खेलको ५७ मिनेटमा गोल गरेका थिए। दयानन्द सिंहको कर्नर बलमा उनले हेडमार्फत गोल गरेका थिए।दिनेश यसै सिजन च्यासल युथ क्लबाट मनाङमा आबद्ध भएका हुन्।यसअघि दिनको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब विजयी भएको थियो। ब्रिगेडले एपिएफ क्लबमाथि ३-२ गोलको जित निकालेको थियो। पहिलो चरणको अन्तिमहरू सोमबार हुनेछन्। सोमबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा न्युरोड टिम र साविक विजेता मच्छिन्द्र क्लबबीच खेल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय