काठमाडौ । काठमाडौ जिल्ला प्रशासन कार्यलयले निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । त्यसैगरि भक्तपुर र ललितपुरका प्रशासन कार्यलयले बुधवार देखि जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रजिअ भट्टराईले बताए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ । सबारी साधान् को मर्मत् का लागि बेलुका ९ देखि भोलिपल्ट बिहान ९ बजे सम्म खोल्न पाइने छ । तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सयुक्त रुपमा बसेको बैठकले यो निर्णय गरेको हो । हाल सङ्क्रमणको दर कम भएपनि मर्ने को दर भने कम भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय