नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नयाँ नेतृत्व चयन भएको छ । सोमबार भएको काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिबेशनबाट ७३४ मत ल्याएर भीमबहादुर साउद सभापतिमा निर्वाचित भएका हुन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार साउद ७३४ मत ल्याएर जिल्ला सभापतिमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी चूडामणि ठकुराठीले ७६ मत मात्र पाए। कूल ८८४ मतदातामध्ये ८३४ मत खसेको थियो। यस्तै सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

विजयी साउद परशुराम नगरपालिकाका मेयर पनि हुन्। दुवै उम्मेदवार संस्थापन अर्थात् देउवा पक्षका हुन्।

संस्थापन इतरको विरोध हुँदाहुँदै सभापति देउवाको गृहजिल्लामा एकपक्षीय अधिवेशन गरिएको हो। साविक जिल्ला सभापति कर्णबहादुर मल्लको पक्षले वडा तहदेखिका सबै अधिवेशन बदर गरी पुनः गर्न माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालय (सानेपा) मा अनशन गरिरहेको छ।

निवर्तमान सभापति कर्ण मल्ल समूहले भने क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै अधिवेशन प्रक्रिया बहिस्कार गरेको थियो । डडेल्धुरामा पुन:निर्वाचन हुनुपर्ने माग राखेर मल्ल समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छ । सोमबार मल्ल पक्षले जिल्ला अधिवेशन रोक्न केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय