स्याङ्जामा पुर्ब सासदहरुको लज्जासपद पराजय भएको छ । महाधिवेशन प्रतिनिधिमा हार बेहोर्ने हरुमा प्रतिनिधि सभाका सांसद मोहनप्रसाद पाण्डे, राष्ट्रिय सभाका पूर्वसदस्य एवं पूर्वजिल्ला सभापति खगेन्द्रराज रेग्मी, पूर्वसांसद एवं सभापति शंकरप्रसाद पाण्डे, भोजराज अर्याललगायत पराजित भएका छन्। तेस्तै गरि स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना ‘कुमार’ ले पनि हारेका छन । महाधिवेशनमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू प्यानल बनाएर निर्वाचन लडेका थिए।

स्याङ्जामा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र छन्। दुबै क्षेत्रबाट ५० जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। जसमा क्षेत्र नम्बर १ मा सभापति शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छन् भने क्षेत्र नम्बर २ मा पौडेल पक्ष कमजोर देखिएको स्याङ्जा कांग्रेसका एक नेताले जानकारी दिए।नेपाली कांग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीको निधन भएपछि कार्यवाहक सभापति बनेका कुमार जम्मा १४ मतले पराजित भएका छन्। सांसद र सभापतिसहित अधिकांश पुराना नेताले चुनाव हारेपछि उनीहरूको १४ औं महाधिवेशनबाट केन्द्र, प्रदेश र जिल्ला सभापति बन्ने सम्भावना पनि सकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय