काठमाडौँ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले २० हजार लिटर क्षमताको रहेको तरल अक्सिजन ट्याङ्क जडान सञ्चालनमा ल्याएको छ । अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेले त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा विशेष गरी कोभिड–१९ का सङ्क्रमितहरूको उपचारलाई केन्द्रित गरी ‘लिक्विड अक्सिजन ट्याङ्क’ जडान गरी बुधबारबाट सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । अपरेसन थिएटर लगायतका हरेक वार्ड र कोठामा पाइप प्रणालीबाट नै पठाउने गरिएको निर्देशक काफ्लेले बताउनुभयो । उहाँका अनुसार अक्सिजन ट्याङ्क सञ्चालनमा आएपछि अब हामीले बाहिरबाट अक्सिजन ल्याउनु पर्दैन । लिक्विड अक्सिजनलाई माइनस १८० डिग्री सेल्सियसमा राख्नुपर्छ । एक लिटर लिक्विड अक्सिजनबाट सात सय लिटर अक्सिजन ग्यास बन्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन आपूर्तिको व्यवस्था भए पनि बिरामीलाई एक कोठाबाट अर्को कोठामा स्थान्तरण गर्नुपर्दा, अपरेसन थिएटरमा लानुपर्दा वा अपरेसन थिएटरबाट वार्डमा स्थानान्तरण गर्नुपर्दा वा एम्बुलेन्समा लानुपर्दा ‘ब्याक अप’ रूपमा अक्सिजन सिलिन्डर राख्नुपर्ने हुन्छ । अस्पताललाई चीनबाट प्राप्त आएका ५३ वटा लिक्विड ट्याङ्कमध्ये अहिलेसम्म १० वटा बाँकी रहेको उहाँले जानकारी दिनुभयो । हालको अवस्थामा बिरामी चाप क्रमिकरुपंमा घटदै गएको र बेड्हरु खालि रहेको अवस्था भएको हुनाले आउने बिरामिले अक्सिजन र बेडको अभाब आइरहने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय