कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । बुधबार रातो आलुको प्रतिकेजी औसत मूल्य ५७.५० थियो सो मूल्य आज घटेर ५२.५० भएको छ । भने, रातो आलु (भारतीय)को औसत मूल्य २९ रुपैयाँ, रातो आलु (मुडे) को औसत मूल्य ४५.०० र सेतो आलुको औसत मूल्य ४७.५० रहेको छ । बुधबार स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ रहेको थियो भने आज ४० रुपैयाँमा झरेको छ । यस्तै, काँक्रो लोकलको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय