दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको बताए । नयाँ भेरियन्ट विरुद्ध अहिलेका खोपहरू कम प्रभावकारी हुने चिन्ता व्यक्त भएका छन् ।

अधिकारीहरूले बुधबार राजधानी प्रटोरिया र सबैभन्दा ठूलो सहर जोहानेसबर्ग रहेका गाउटेङ प्रान्तमा नयाँ भाइरस पत्ता लागेको बताए । नयाँ संक्रमणको ७७ केस पुष्टि भएको र त्यो संख्या तीव्र रूपमा बढिरहेको उनीहरूको भनाई छ । नयाँ भेरियन्ट बोट्स्वाना र हङकङमा गएका अफ्रिकी यात्रुमा पनि देखा परेको अधिकारीहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टको बारेमा अनुसन्धानकर्ताहरूले अध्ययन गरिरहेको बताएको छ । डब्ल्यूएचओले यस बारेमा छलफल गर्ने बताएको छ । बी.१.१.५२९ वंश संख्या मानेको यस भेरिएन्टमा धेरै संख्यामा उत्परिवर्तनहरू रहेको उनले बताए।

दक्षिण अफ्रिकाबाट आएका यात्रुमाझ बोत्स्वाना र हङकङमा पनि यो पत्ता लागेको उनले बताए।

स्वास्थ्यमन्त्री जो फाहल्लाका अनुसार विरामीमा देखिएको समस्याका पछाडि यो विविधता ‘गम्भीर चिन्ताको’ विषय भएको छ। दक्षिण अफ्रिकामा यस महिनाको सुरुतिर १०० जनाको दरमा दैनिक कोभिड सङ्क्रमित देखिएकोमा बुधबारको संक्रमण एक हजार २०० भन्दा बढी पाइएको छ। गत वर्ष दक्षिण अफ्रिकामा यो भाइरसको ‘बीटा’ भेरिएन्ट भेटिएको थियो। यद्यपि अहिलेसम्म यहाँ संक्रमितहरूमा डेल्टा भेरिएन्ट नै बढी पाइएको थियो। डेल्टा भेरिएन्ट सुरुमा भारतमा पत्ता लागेको थियो।

अफ्रिका महादेशभरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको संख्या दक्षिण अफ्रिकामा छ, जहाँ लगभग २९ लाख ५० हजार सङ्क्रमित पुगेका छन् र त्यसमध्ये ८९ हजार ६५७ जनाको मृत्यु भएको छ। –(रासस/एएफपी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय