नेपालसहित १६ एसियाली मुलुकलाई अमेरिकाले कोरोनाविरूद्धको खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले नेपालसहित एसियन मुलुकहरूलाई कोरोना खोप उपलब्ध गराउने जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले सामाजिक सन्जान् मार्फत दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिभिन्न देसका सरकार प्रमुखहरु लाई पत्रचार गरि कोभिड सङ् लडिरहेको नेपाल सहयोग् गर्न बिश्व समुदाय लाई अनुरोध गरेकि थिईन् । सोहि सोहीअनुरुप अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप दिन आग्रह गरेकी थिइन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस को यो निर्णयलाई स्वागत् गर्दै प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ले आफ्ना समकक्षी लाई धन्यवाद समेत दिएका छन् । अमेरिकी राष्ट्रपति बिहीबार राति २ करोड ५० लाख डोज कोरोनाभाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेपनि नेपालले कुन खोप, कति डोज, कहिले पाउने हो भन्ने सबै विस्तृत खुलिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय