काठमाडौं। शंकर ग्रुपले नक्सालमा निर्माण गरिरहेको होटलको निर्माण गुणस्तरहीन भएको भन्दै होटलको अन्तर्राष्ट्रिय चेन हिल्टनले फ्रेन्चाइज सम्झौता रद्द गरेको छ। यसअघि शंकर ग्रुपले निर्माण गरेको नक्सालको भगवतीबहालमा रहेको होटललाई हिलटनले फ्रेन्चाइज दिएको थियो। तर, होटलको निर्माण निकै कमजोर भएकाले गुणस्तर नपुगको भन्दै उक्त सम्झौता तोडिएको हो। सम्झौता तोडिएपनि शंकर ग्रुपले डबल ट्री बाई हिल्टनको बोर्ड निर्माणाधीन क्षेत्रबाट अझै हटाएको छैन भने सोही नाममा सामाजिक सञ्जाल र वेबसाइट सञ्चालन गरिरहेको छ। शंकर ग्रुपले नक्सालमा होटल निर्माण सुरु गर्दा पनि सडक भत्कने र स्थानीयको घरहरुमा समेत समस्या आएको थियो। सरकारी मापदण्ड समेत मिचेर निर्माण गरेको उक्त होटलबाट हिल्टन बाहिरिए पनि के नाममा होटल खोल्ने भन्ने निर्णय शंकर ग्रुपले गर्न सकेको छैन। हिल्टनले गुणस्तरहीन निर्माण गरेको भन्दै बाहिरिएपछि अरु होलटका अन्तर्राष्ट्रिय चेन पनि आउने सम्भावना छैन। ‘गुणस्तरहीन सामग्री राखेर होटलको निर्माण गरेको निरीक्षणका क्रममा देखिएपछि हिल्टनले फ्रेन्चाइज सम्झौता तोडेको हो,’ शंकर ग्रुपकै एक अधिकारीले काठमाडौं प्रेससँग भने, ‘अब होटलको नाम के राख्ने भन्ने टुंगो लागेको छैन।’ शंकर ग्रुपले १६ तले भवनसहित डबल ट्री हिल्टन काठमाडौंको नाममा सञ्चालन गर्ने प्रचारप्रसार गर्दै आएको छ। उसले अहिलेसम्म पनि हिल्टनले हात झिकेको विषयमा औपचारिक जानकारी गराएको छैन। लकडाउनका कारण केही महिना रोकिएको निर्माणको काम भने अहिले पुन: सुरु गरिएको छ। केही समयअघि विक्री गर्ने गरी विभिन्न व्यापारिक घरानासँग पनि शंकर ग्रुपले छलफल अघि बढाएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय