काठमाडौं । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट अन्तर्गत हिजो भएको खेलमा नेपाललाई जोर्डनले हराएको छ । जोर्डन ले नेपाल लाई ३ –० को फराकिलो अन्तरले पराजित गरेको हो । नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो ।जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरे । जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे । जोर्डनले सुरुदेखि नै नेपाललाई दबाबमा राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय