हाल नेपालमा एक लाखभन्दा बढी सक्रिय कोरोनाभाइरस सङ्क्रमित घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका अवस्था रहेको छ । सङ्क्रमितहरू भएको घर तथा डेरामा बस्ने सङ्क्रमण नभएका व्यक्तिहरूले कोरोनाभाइरसबाट जोगिने उपायहरू अपनाउनु पर्ने चिकित्सकहरू बताउँछन्। घना बस्ती भएका र एउटै घरमा धेरै जना बस्ने सहरी क्षेत्रमा यस्ता सङ्क्रमितको सङ्ख्या बढी रहेको बताइन्छ। साँघुरो स्थान र एउटै शौचालय प्रयोग गर्दा सङ्क्रमितहरु चाडो रुपमा फैलिन्छ । घरमा छुट्टै शौचालयको व्यवस्थापन गर्ने प्र्योग गरिसके पछि केमिकल प्रयोग गरेर सफा गर्ने र झ्याल खुला गर्नु पर्छ । खाना खाने कोठाको ब्यस्थापन एब एक्लै खाने गर्नु पर्छ । बालबालिकाहरू सङ हिचमिच नबढाउने घर भित्रबाहिर गर्ने अभिभावकहरूले घर आउनासाथ सिधै बालबच्चालाई समात्न नहुने एब् भाइरस जेमा पनि हुन सक्ने हुँदा जहाँतहीँ मास्क नफालौँ, बाहिरको कपडा पनि छुट्टै राखौँ । सकिन्छ भने नुहाएर मात्रै बालबालिका समाउने गर्नुपर्छ । सङ्क्रमितले प्रयोग गरेका भाँडाहरू तातो पानी र साबुन वा भाँडा माझ्ने डिटरजेन्टले माझ्नुपर्छ। त्यसपछि हात पनि साबुनपानीले धुनुपर्छ। बढि उमेर पुगेका ब्यक्तिहरु सङ दुरि बढाउने गर्नुपर्छ । दिर्घ रोग भएका ब्यक्तिहरु सङ दुरि बढाउने र सङ्क्रमितले प्रयोग गरेर भएका फोहोरलाई छुट्टै सङ्कलन गरेर ब्यबस्थापन गर्ने गर्नुपर्छ । सङ्क्रमितले प्रयोग गरेका भाँडाहरू तातो पानी र साबुन वा भाँडा डिटरजेन्टले माझ्नुपर्छ। त्यसपछि हात पनि साबुनपानी ले धुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय