बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य अंकले घटेको छ। १. ८ अंकले घटेर परिसूचक २९४४ अंकमा कायम भएको छ। कुल १६ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर किनेबच भएको छ। समूहगत रुपमा हेर्दा बैंकिङ १७, ब्यापार ५७, होटल तथा पर्यटन १३, निर्जीवन बीमा ४५, उत्पादन ३८, अन्य ६ र जीवन बीमा २७३ अंकले घटे। त्यस्तै विकास बैंक १२०, जलविद्युत ८८, फाइनान्स ६० र माइक्रोफाइनान्स समूह ७ अंकले बढे। नेप्से घटे पनि एक दर्जन कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। पाँचथर पावर, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो, ङादी ग्रुप, माउन्टेन इनर्जी, छ्याङ्दी, रिडी, बरुण, सिइडिबी, अरुणभ्याली, ग्रिनलाइफ हाइड्रोपावर, जोशी हाइड्रो र पोखरा फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढेको हो। हालै सूचीकृत भएको सिइडिबी हाइड्रोको मूल्य प्रतिकित्ता ५०२ रुपैयाँ पुगको छ। कारोबारका आधारमा यस दिने जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रहेको छ। सो कम्पनीको ९९ करोड रुपैयाँको कारोबार हुँदा मूल्य ७.७ प्रतिशतले बढ्यो। पुनर्बीमा कम्पनी, लुम्बिनी विकास बैंक, अपि पावर र नेपाल इन्स्योरेन्स कम्पनी पनि कारोबारका आधारमा अगाडि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय