सरकारले काठमाडौंमा आजबाट १८ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिइने भएको छ । स्वास्थ्य सेवा विभागले त्यसका लागि काठमाडौं जिल्लालाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराइएको जानकारी दिएको छ । ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई १ लाख ४० हजार मात्रा खोप दिने लक्ष्य राखिएकोमा २ दिनमा ४० हजार मात्रा खोप लगाइएको छ । यहि बीचमा १८ वर्ष उमेर समूहलाई पनि खोप लगाउन लागिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय