केन्द्रिय कमिटी बैठकमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका छन् । ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं ‘ उनले भने । १० बुँदे सहमिति कार्यान्वयमा आएको खण्डमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो । पार्टी एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन तयार छु ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय