Khabar Samachar

काठमाडौं-१ बाट चुनाव लड्ने रमेश खरेलको घोषणा

206
VIEWS

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट लड्ने सो पार्टीले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत नेपाल सुशासन पार्टीले ‘देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको यस अभियानमा सबैको साथ, सहयोग र माया रहिरहनेछ भन्दै अपेक्षा गरिएको’ जनाएको छ । उनले नेपाल प्रेससँग आफु काठमाडौं क्षेत्र नम्बर एकबाट चुनाव लड्न लागेको बताए । उनले भने, ‘हो  तपाईले जे सुन्नुभयो त्यो सहि सुन्नुभएको हो । म काठमाडौं क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने हो ।’

यसअघि खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको बताइए पनि उनी ब्याक भएका थिए । साथीहरूसँग सल्लाह गर्दा मेयरमा उठ्नुभन्दा सांसदमा उठ्नु ठीक भन्ने धेरैले राय दिएको उनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित