Khabar Samachar

प्रधानमन्त्री देउवा संसदीय समितिमा नगएपछि भीम रावलले भने- खेद प्रस्ताव पारित गरौं

206
VIEWS

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि नेकपा एमालेका सांसद भीम रावलले खेद प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् । अमेरिकन सहयोग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) का बारेमा जानकारी लिन बोलाइएका प्रधानमन्त्री देउवाले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएपछि रावलले सो प्रस्ताव गरेका हुन् ।

त्यसपछि यस विषयमा सांसद रावलले गम्भीर आपत्ति जनाए। ‘प्रधानमन्त्रीको कार्यालयका बारेमा उहाँले आएर जवाफ दिनपर्ने होइन? कि प्रधानमन्त्री बिरामी हुनुपर्यो कि देशमा ठूलै संकट आएर त्यसमा व्यस्त हुनुपर्‍यो कि विदेश भ्रमणमा गएको हुनुपर्‍यो। के भएको हो?’ उनले भने, ‘यो त्यही प्रवृत्तिको पुनरावृत्ति हो? यसमा कुनै ढाँटछोप गरेर हुँदैन।’

‘हिजो लोकतन्त्र खतरामा पर्‍यो भनेर प्रधानमन्त्री बन्नु भएको हो, खै त (बैठकमा अनुपस्थित) लोकतन्त्रको रक्षा गरेको ? उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समीक्षा गर्ला,’ रावलको आक्रोश थियो, ‘उहाँ अनुपस्थित हुनु भनेको हिजोको गतल कार्यको निरन्तरता भएन र ? उहाँ अनुपस्थित भएर सांसदहरूको अपमान भएको छ, त्यसैले यो खेदजनक छ, बैठकले अब खेद प्रस्ताव पारित गरौँ ।’

आजको बैठकमा प्रधानमन्त्री देउवालाई समितिले बोलाएको थियो। तर, आज बिहान ८ बजेमात्र उनको सचिवालयले प्रधानमन्त्री उपस्थित हुन नसक्ने जानकारी गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित