जापानको राजधानी टोकियोमा ३२ औं ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता सुरु भएको छ । कोरोनाभाइरस महामारीकै बीच संसारका ११ हजार खेलाडी टोकियोमा भेला भएका छन् ।जापानी सम्राट नारुहितो, अमेरिकी प्रथम महिला जिल बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसहितका विश्व नेताहरु उद्घाटन समारोहमा उपस्थित भएका छन् ।कोरोना भाइरस महामारीका कारण यसपटक दर्शक बिना नै ओलम्पिक खेलको उद्घाटन हुनेछ । ओलम्पिकका खेलहरु चलिरहँदा पनि दर्शकलाई रंगशालामा दर्शक लाई प्रबेश् छैन । ओलम्पिकमा ३३ खेलका ३ सय ३९ इभेन्टस्मा प्रतिस्पर्धा हुँदैछ । विश्वभरका झन्डै ११ हजार खेलाडीले बिभिन्न बिधामा खेल प्रस्तुत गर्ने छन । ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन् । पौडीकी गौरिका सिंहले दोस्रोपल्ट ओलम्पिक खेल्दैछिन् । गौरिकासहित पौडीकै एलेक्स साह, शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट जापान पुगिसकेकी छन् भने एथलेटिक्सकी सरस्वती चौधरी आइतबार जापान प्रस्थान गर्नेछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय