नेकपा (एमाले) का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथ फोर्स र अखिल फोर्स को खारेजि को माग गरेका छन्। पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले त्यसको चर्को बिरोध तथा असहमति जनाएका छन । एमालेभित्र हालै मात्र गुटगत संगठनहरु निर्माण भएका छन् । समानान्तरण जनवर्गीय संगठन निर्माण गरेका माधव समूह निकट अनेरास्ववियुले अखिल फोर्स निर्माण गरेको छ । अध्यक्ष ओली पक्षले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो । नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्युँताउने तयारी गरेको छ। सगठन भित्र बन्ने समुहले बिभिन्न् गुट उपगुट जन्मने भन्दै सगठन लाई राम्रो नहुने बताएका छन । पार्टीभित्र यसरी भिन्नभिन्न संगठन निर्माण गरेर समाजमा आतंकको आभास दिएको र युवालाई अराजनीतिकरण तथा अपराधीकरण गर्न उद्दत गरिएको नेता भट्टराईको टिप्पणी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय